घोडाघोडीमा एक क्लिनिकमा आगलागी



सुखड : कैलालीको घोडाघोडी नगरपालिका एक क्लिनिकमा आगलागी भएको छ ।

नगरपालिकाको वडा न ८ दिपनगरमा रहेको सरिता हेल्थ क्लिनिकमा आगलागी भएको हो । आईतबार राती क्लिनिकमा आगलानी हुँदा करिब ढेड लाखको औषधी जलेर नष्ट भएको सोही क्लिनिकका सञ्चालक हरि बमले जानकारी दिए ।

आगलागीको कारण भने अझै थाहा हुन सकेको छैन । आगोलाई स्थानियहरुले नै नियन्त्रणमा लिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्