प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्ने



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार देशबासीलाई सम्बोधन गर्ने भएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधनको तयारीबारे जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्ने जानकारी दिएका र समय भने तय भइनसकेको एक मन्त्रीले जानकारी दिए ।

मंगलबारबाट पहिलोपटक आह्वान गरिएको लकडाउनको अवधि सकिँदै भएपनि सोमबारको मन्त्रिपरिषद् बैठकले वैशाख ३ गतेसम्म पुर्याउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्