यसरी मनाइयाे ६३ औं प्रहरी दिवस



काठमाडौं :  नेपाल प्रहरीले बिहीबार ६३ औं प्रहरी दिवस बनाएको छ । प्रहरी प्रधान कार्यालयमा विशेष कार्यक्रमको आयोजना गर्दै प्रहरीले ६३औं स्थापना दिवस बनाएको हो ।

 

प्रहरी दिवसमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी र प्रहरीको कार्यसम्पादनमा सहयोग गर्ने नागरिकसम्मलाई सम्मान गरिएको छ ।

 

प्रहरी सेवामा महत्वपूर्ण योगदान गरेवापत प्रदान गरिने ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट पूर्व एआइजी अमरसिंह शाहलाई सम्मान गरिएको छ।

 

उत्कृष्ट कार्यसम्पादन गरेवापतको पूर्ण शान्ति पुरस्कारबाट ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत डिएसपी कृष्णबहादुर कार्कीलाई पुरस्कृत गरिएको छ। त्यसैगरी, उत्कृष्ट प्रहरी कार्यालयको पुरस्कार जिल्ला प्रहरी कार्यालय झापाले पाएको छ। 

 

उत्कृष्ट प्रहरी व्यवस्थापकको पुरस्कार प्रहरी प्रधान कार्यालय जगेडा पुलमा कार्यरत एसपी प्रतापकुमार गुरुङ र महानगरीय नगर प्रहरी काठमाडौंमा कार्यरत सई सालिकराम तिमिल्सिनाले प्राप्त गरेका छन्।

 

उत्कृष्ट जग्गा पहलकर्ताको पुरस्कार जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत डिएसपी राजेन्द्र पोखरेलले पाएका छन्।

 

सर्वोत्कृष्ट ट्राफिकको पुरस्कार ट्राफिक महाहाशाखाका प्रहरी निरीक्षक बिमल थापाले पाउँदा सर्वोत्कृष्ट प्राविधिक प्रहरीको पुरस्कार प्रहरी प्रधान कार्यालय कम्प्युटर निर्देशनालयका प्रहरी निरीक्षक दीपकराज अवस्थीलार्य प्रदान गरिएको छ।

 

सर्वोत्कृष्ट अन्तरिक प्रशिक्षकको पुरस्कार सई सुमन थापा, सर्वोत्कृष्ट प्रहरी खेलाडीको पुरस्कार असई सुमन सुवेदी, सर्वोत्कृष्ट प्रहरी अनुसन्धानकर्ताको पुरस्कार असई कमल बस्याल, सर्वोत्कृष्ट बाह्य प्रशिक्षकको पुरस्कार प्रहरी हवल्दार शेकष नारायण चौधरीले प्राप्त गरेका छन्।

 

त्यसैगरी उत्कृष्ट दैवीप्रकोप उद्दारकको पुरस्कार प्रहरी चौकी कोयलपुर, मोरङका प्रहरी जवान सुरेश धामी र इलाका प्रहरी कार्यलय रानी, मोरङमा कार्यरत रामविनय यादव, योगन्द्र स्मृति साहसिक पुरस्कारबाट प्रहरी चौकी बिर्ता, पर्साका प्रहरी जवान गनकुमार खण्डलुक र सर्वोत्कृष्ट सामुदायिक प्रहरीको पुरस्कारबाट प्रहरी चौकी आसबारी, पर्साका लालमय गुरुङ पुरस्कृत भएका छन्।

 

त्यसैगरी, सह्रानीय काम गरेवापत असई प्रकश खनाल, प्रहरी जवान कल्पना सुवेदी र प्रहरी जवान शर्मिला गुरुङ पुरस्कृत भएका छन्। प्रहरीलाई सहयोग गरेवापत कलाकार चन्द्रकला दाहाल, चितवनका बाबुराम अधिकारी र एनसेल नख्खुमा कार्यरत सचिन्द्र प्रधान पुरस्कृत भएका छन्। प्रहरीलाई निशुल्क जग्गा उपलब्ध गराएवापत वीरगन्जका पूर्व डिएसपीसमेत रहेका अलिनेष देवान पुरस्कृत भएका छन्।

 

पुरस्कार पाउने सबै जनालाई प्रधानमन्त्री केपी शर्मा अाेली र  आइजिपी सर्वेन्द्र खनालले कदरपत्र हस्तान्तरण गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्