कैलालीको ७ स्थानमा चेकप्वाईन्ट स्थापना गर्दै सीमा क्षेत्रमा सशस्त्रले बढायो निगरानी



धनगढी : भारतसँंग सीमा जोडिएका कैलालीका दुई स्थानमा सशस्त्र प्रहरीले चेकप्वाईन्ट स्थापना गरेको छ ।

सीमा क्षेत्रमा लुकीछिपी आवागमन हुन सक्ने आशंका गरिएपछि थप स्थानमामा चेकप्वाईन्ट राखिएको हो । सशस्त्र प्रहरी बल नेपाल नं.३४ गण हेडक्वार्टर कैलालीका सशस्त्र प्रहरी उपरिक्षक कमल तिउसिनाले सबै नाका सील गरिएको अवस्थामा पनि आवागमन हुन सक्ने भएकाले निगरानी बढाउन चेकप्वाईन्ट थपिएको बताए ।

सशस्त्र प्रहरीले धगढी उपमहानगरपालिका वडा नं.९ बंगराकटान, १० जुगेडा, कैलारी गाँउपालिका खोनपुर, भजनी नगरपालिका वडा नं.७ हिक्मतपुर, ६ कौवाखेडा, ३ मौरीयाँघाट र टीकापुर नगरपालिका वडा नं.९ श्रीलंकामा नयाँ चेक प्वाईन्टहरु स्थापना गरेको उनले बताए ।

नयाँ थप गरिएका ७ र पुराना ५ सहित १२ वटा युनिट मार्फत सशस्त्र प्रहरीले भारतसँग जोडिएको कैलालीको सम्पूर्ण सीमा क्षेत्रमा निगरानी गर्नेछ । २४ घण्टा नै सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी राखेको सशस्त्र प्रहरी बल नेपाल नं.३४ गण हेडक्वार्टर कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्