गैँडाको आक्रमणबाट एकको मृत्यु



चितवन : पश्चिम चितवनमा गैँडाको आक्रमणबाट सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ का ३९ वर्षीय पूर्णबहादुर कुमाल रहेको चितवन राष्ट्रिय निकुजका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिए ।

उनका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा निगुरोे टिप्न गएका कुमाललाई गैँडाले आक्रमण गरेको हो । गैँडाको आक्रमणबाट कुमालको घटनास्थलमै मृत्यु भएको हो । रासस

प्रतिक्रिया दिनुहोस्