वीरगन्जको युवा समाजसेवी बडिविल्डर गुप्ता राहत वितरणमा



वीरगन्ज– वीरगन्जका युवा समाजसेवी तथा बडिविल्डीङका राष्ट्रिय खेलाडी अजय गुप्ताले आफ्नो घरमा बस्नेहरुसँग लकडाउन अवधिभरको घरभाडा नलिने घोषणा गरेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वा निवासी गुप्ताले आफ्नो घरमा बसेका २५ घर परिवारलाई लकडाउन अवधि घरभाडा नलिने घोषणा गरेका हुन् ।

लकडाउनका कारण दैनिक ज्यालादारी गरी घरपरिवार लगाउँदै आएका परिवारमा समस्या देखिएपछि आफनो घरभाडा लिएर बसेका सबैलाई लकडाउन अवधिभर घरभाडा नलिने निर्णय गरेको बताउँदै गुप्ताले भने, ‘ घरभाडा सहित ग्याँस, खाद्यन्न, तरकारी तथा औषधी उपचारमा समेत सहयोग गर्न तयार रहेको छु ।

घरभाडामा बस्नेलाई कुनैप्रकारको समस्या आउँन नदिने बताउँदै उनले बताए । गुप्ताको तीन कठ्ठा जग्गामा निर्माण गरेको घरमा भारत, नेपाल लगायतको विभिन्न शहरबाट वीरगन्ज आएर दैनिक ज्यालादारी गरेर खानेलाई घरभाडामा लगाएका छन् ।

मानवता भन्दा ठूलो कुरा हो, अहिले विश्व नै कोरोनाको संक्रमणले ग्रसित रहेको छ । हाम्रो सरकारले पनि कोरोनाको संक्रमणबाट जोगिन लकडाउनको घोषणा गरेको छ । सरकारको निर्देशनलाई पालना गर्न गराउँन हामीपनि आ आफनो स्तरबाट लागेका छौं उनले बताए ।

लकडाउनको पालना गर्ने क्रममा सबभन्दा बढी मार दैनिक ज्यालादारी गरेर खानेलाई परेको छ । आफनो घरमा बस्नेलाई मात्र राहत दिएका छैनौं, गुप्ताले भने, टोल छिमेक रहेको अन्य गरिब जनताको राहतका लागि दिनरात खटेका छौं आवश्यक परे १२ बजेराती पनि राहत जुटाउँन अगाडी बढेका छौ ।

उनले आम नगरवासीमा अपिल गर्दै भने, कुनैपनि सहायक, गरिब, दैनिक ज्यालादारी गरी खानेलाई राहतको अभाव भए आफूलाई सम्र्पक गर्न आग्रह समेत गरे । घर दैलोमै पुगेर सक्दो सहयोग स्वरुप राहत उपलब्ध गराउँन प्रतिबद्ध रहेको बताए ।

गुप्ताको यो सराहनीय कार्यको निकै प्रशंसनीय रहेको स्थानियले टिप्पणी गरेका छन् । स्थानिय राजु साहले भने, बिपतका बेला पनि आफनो घरभाडामा बस्नेलाई मात्र मनोबल उच्च राखेका छैन्, टोल छिमेकमा समेत गरिब असहायक र दैनिक ज्यालादारी गर्नेलाई पनि लकडाउनबाट प्रभावित हुन दिएको छैन जसले गर्दा वडामा मात्र नभई नगरक्षेत्रमा नै प्रशंसाको पात्र बनेका छन ।

प्रतिक्रिया दिनुहोस्