सांसद साहद्वारा स्वास्थ्य सामग्री सहयोग



काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष एवम् सांसद प्रभु साहले रौतहट–३ मा पर्ने ६ वट स्थानीय तहहरूमा स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

कोरोना भाइरसविरुद्धको लडाइमा ऐक्यबद्धता र साथको जति जरुरी रहेको भन्दै मौलापुर, कटहरीया, गुजरा, देवाही गोनाही, गरुडा र फतुवाबिजयपुरमा अत्यावश्यक मेडिकल सामाग्रीहरू उपलब्ध गराएका हुन् ।

साहले १००० थान सर्जिकल मास्क, ५० थान ल्ढछ मास्क, १००० थान ग्लब्स, २ सेट पीपीई र स्यानिटाइजर ५÷५ लिटर लगायत स्वास्थ्य सामग्रीसहयोग गरेका हुन् ।

स्वास्थ्य सामाग्री अभावको बीच स्थानीय तहलाई काम गर्न थोरै भएपनि सहजता हुने विश्वास उनले व्यक्त गरेका छन् । साथै आफ्नो स्थानबाट गर्न सकिने सहयोगका लागि अग्रसर हुन सबैमा आह्वान पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्