विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा बस्न प्रधानमन्त्री ओलीको आग्रह



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।

मंगलबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो आग्रह गरेका हुन् ।

उनले कोरोनाभाइरस विश्वव्यापी महामारीको रुपमा फैलिएको र नेपालमा पनि यसको संक्रमण देखिसकेका कारण विदेशबाट आएका नागरिकहरुलाई क्वारेन्टाइनमा बस्न प्रधानमन्त्री ओलीले गरेका हुन् ।

विदेशबाट आएका सबै नागरिकलाई जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सम्पर्कमा आएर कोरोनाविरुद्धको लडाइँमा सहभागी हुन उनले आग्रह गरेका पनि छन् ।

एक जना मानिसको लापरबाहीका कारण परिवार, समुदाय हुँदै राष्ट्रलाई नै क्षति पुर्याउने बताउँदै उनले यसमा सबै एकजुट हुनुपर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्