जिल्ला शिक्षा अधिकारी घुस लिँदालिदै रंगे हात पक्राउ



पर्सा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार अपरान्ह जिल्ला शिक्षा विकास तथा समन्वय इकाई पर्साका उपसचिव अर्थात जिल्ला शिक्षा अधिकारी लालबाबु साहलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको छ ।

 

 जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कार्यालय पर्साको वीरगन्जस्थित आवास गृहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाबाट खटिएको टोलीले सेवाग्राहीसँग ४० हजार घुस वापतको रकम बुझिरहेको अवस्थामा प्रमुख साहलाई रंगेहात पक्राउ गरेको जनाईएको छ ।

 

 विद्यालयको भौतिक पूर्वाधार निर्माणको क्रममा सेवाग्राहीसँग माग गरेको घुस वापतको रकम बुझ्दै गर्दा नीजलाई रंगेहात पक्राउ गरिएको अख्तियारको टोलीले जनाएको छ । पक्राउ परेका प्रमुख साहलाई थप कार्बाहीका लागि हेटौंडा लगिएको छ । 

प्रतिक्रिया दिनुहोस्