कक्षा ११ र १२ को बार्षिक परीक्षा स्थगित



काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को बार्षिक परीक्षा स्थगित गरेको छ ।  कोरोनाका कारण मंगलबार बसेको राष्ट्रिय परीक्ष बोर्डको बैठकले अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित गरेको हो ।

पूर्व निर्धारित कार्यतालिका अनुसार कक्षा १२ को परीक्षा आगामी बैशाख ८ गते र कक्षा ११ को परीक्षा आगामी बैशाख २१ गतेबाट सुरु हुने भनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्