अस्पताललाई सुक्षा सामग्री सहयोग



भरतपुर : भरतपुर अस्पतालको ५७ औ वार्षिकोत्सवको अवसरमा श्रीमेडिकल एण्ड टेक्निकल कलेज भरतपुरले २५ वटा व्यक्तिगत सुरक्षा सामाग्री (पिपीई) सहयोग गरेको छ । कलेजका कार्यकारी अध्यक्ष सरोज ढकालले सम्भावित कोरोना भाइरसका जोखिम हुन नदिन ती सामग्री सहयोग गरेको र ती सामग्री मूल्य रु १ लाख ९७ हजार ५००मा खरीद गरिएको बताए ।

कलेजका छात्र÷छात्राको प्रयोगात्मक कक्षा सो अस्पतालमा हुने गर्दछ । सो कलेजमा प्रविणता प्रमाणपत्र तह र स्नातक तहका स्वास्थ्यसंग सम्बन्धित बिषयमा अध्ययन हुने गर्दछ । अस्पतालमा प्रयोगात्मक कक्षामा सहभागी भए वापत बार्षिक रुपमा सबैभन्दा बढी रकम बुझाउने पनि सोही कलेज हो । सो भाइरसको जोखिम हुन नदिन अस्पताललाई विभिन्न सङ्घ संस्थाहरुले सहयोग गर्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्