चलचित्र ’कालो वर्ष’ युटुबमा सार्वजनिक



काठमाडौं– लक्षु गौतमको निर्देशन रहेको चलचित्र ’कालो वर्ष’ युटुबमा सार्वजनिक भएको छ ।

भुकम्पबाट विस्थापित भएका पात्रहरूको कथा बोकेको यस चलचित्र आइतवार युट्युबमा सार्वजनिक भएको हो ।

यस चलचित्र २०७६ बैशाख १३ गते प्रदर्शनमा आएको थियो । चलचित्रमा ओकेश पनेरु, अनुपा खड्का, पवन भट्टराई, सुरेन्द्र बुढा , रश्मी शाहा, रबिन भुजेल , रश्मी भट्ट लगायतका कलाकारको अभिनय रहेको छ । योगेन्द्र पनेरुले निर्माण गरेको यस चलचित्रलाई रामेश्वर हुमागाइले छायांकन र शुबास देबकोटाले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्