व्यापारी चौधरीको स्वरमा मेडली शैली गीत ‘असारे महिनामा’ सार्वजनिक



काठमाडौं– प्रसिद्ध व्यापारी बिनोद चौधरीको स्वरमा मेडली शैली गीत ‘असारे महिनामा’ सार्वजनिक भएको छ ।

गीत सार्वजनिक गर्दै उनले यो गीत आफु टर्कीमा हुँदा रेकर्ड गरिएको बताएका छन् । उनका अनुसार प्रख्यात संगीतकार पौल डयरले उनलाई गीत रेकर्ड गर्न प्रेरित गरेका थिए ।

चौधरीले ३५/४० वर्ष अघिनै रेडियो नेपालमा स्वर परिक्षा पास गरेका थिए । चौधरीले ‘माया जिन्दगीको’, ‘एकै नजरमा माया बस्यो है’, ‘एउटा निभ्न लागेको बत्तिको प्रकाश’ जस्ता गीतहरु रेकर्ड गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्