साउथ चलचित्रकी अभिनेत्री मान्डरको सडक दुर्घटना



एजेन्सी– कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन विश्वका अधिकांस देशहरुमा लकडाउन गरिरहेको छ ।

तर , यस्तो अवस्थामा साउथ इण्डियन फिल्मकि अभिनेत्री शर्मिला मान्डरे बेंगलोरमा सडक दुर्घटनामा परेकी छन् । लकडाउनको समयमा गाडी लिएर बाहिर निस्किएकी उनी दुर्घटनामा परेकी हुन् । उनको गाडी तेलंगनाको बसन्तनगरमा दुर्घटना भएको हो ।

अभिनेत्री शर्मिला को साथमा एक साथी पनि रहेको जनाइएको छ । उनको गाडी अण्डरब्रिजको एक पिलरसँग ठोक्किएको बताइएको छ । गाडी दुर्घटना घाइते भएको उनीहरुको अवस्था गम्भीर रहेको भारतिय मिडियाले बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्