बलिउड गायिका कनिका कपुरको छैटौं रिपोर्ट नेगेटीभ



एजेन्सी– कोरोना सङ्क्रमण भएकी बलिउड गायिका कनिका कपुर अस्पतालबाट डिस्चार्ज भएकी छिन् । पाँच पटकसम्म उनको कोभिड १९ को रिपोर्ट पोजेटिभ आएको थियो । तर, शनिवार र सोमबार लगातार रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो ।

मार्च ९ मा बेलायतबाट फर्किएकी बलिउड गायिका कनिका कपुरलाई कोरोना संक्रमण देखिएको थियो । कनिकाले आफनो यात्राको बिषयमा जानकारी नदिएको भन्दै उनको आलोचना भएको थियो ।

१५ दिन अस्पतालमा उपचार गरेर उनी घर फर्किएकी उनिबिरुद्ध सार्वजनिक रूपमा कोरोनाभाइरस फैलाएको आरोपमा मुद्दा हालिएको छ ।

प्रतिक्रिया दिनुहोस्