सेती अस्पतालमा सुरक्षित उपचार गर्ने प्रविधि जडान



धनगढी : सेती प्रादेशिक अस्पताल धनगढीले बिरामीसँग प्रत्यक्ष सम्पर्क नराखेरै सुरक्षितपूर्वक उपचार गर्ने प्रविधि भित्र्याएको छ ।

कोभिड–१९ टेस्टिङ बुथमार्फत अस्पतालले मंगलबार देखि उपचार थाल्दै छ । कोरोना भाइरस टेस्टिङ बुथ राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरी सेती प्रादेशिक अस्पताललाई एउटा बुथ पहस्तान्तरण गरेको छ ।

अस्पतालका प्रबक्ता डा.जगदीश जोशीले बुथ सुरक्षाका हिसाबले राम्रो भएको बताए । उनले टेस्टिङ बुथलाई आजबाट प्रयोगमा ल्याउने बताए । केन्द्रका वैज्ञानिक सुमन पौडेलले राष्ट्रिय आविस्कार केन्द्रको आर्थिक सहयोग तथा काइचो ग्रुप र आरएनए फार्बेस्टको प्राविधिक सहयोगमा बुथ तयार गरिएको बताए ।

उनले स्थानीय स्रोत र साधन प्रयोग गरेर करिब ७० हजार लागतमा ३ दिनमा बुथ तयार गरेको बताए । बुथले पिपिइको खपत कम गर्ने बताउँदै बुथमा स्वास्थ्यकर्मीलाई अक्सिजनको कमी नहोस् भनेर एक्जिस्टिङ पंखा, रातिको समयमा बिरामी जाँच गर्न मिल्ने नाइट लाइट, स्वास्थ्यकर्मीले बिरामीसँग कुरा गर्न मिल्ने अडियो सिस्टम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्