राष्ट्र बैंकका नव नियुक्त गभर्नर अधिकारीले लिए सपथ



काठमाडौं : नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ लिएका छन् । गभर्नर अधिकारीले मंगलबार सर्वोच्च अदालतका प्रधानन्यायाधिस चोलेन्द्र शम्शेर राणाबाट सपथ लिएका हुन् ।

शपथग्रहण गरे लगत्तै बालुवाटारस्थित राष्ट्र बैंक केन्द्रीय कार्यालयमा पुगेर पदभार ग्रहण गर्दै उनले आफ्ना प्रतिस्पर्धीहरुबाट पनि सहयोगको अपेक्षा गर्दै उनले भने, ‘म एक्लै छैन । मसँगै प्रतिस्पर्धा गर्नु भएका डेपुटी गभर्नर हुनुहुन्छ । अर्का डेपुटी गभर्नर तथा अन्य सबै हुनुहुन्छ । म कम्फर्टेबल छु ।’

अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्र बैंकको १७ औँ गभर्नरका रुपमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्