पोखरीमा डुबेर बालिकाको मृत्यु



सप्तरी : पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

खड्क नगरपालिका १ सिस्वा बेल्हीका धिरेन्द्र कुमार साहकी ८ वर्षिय छोरी ममता कुमारी साहको पोखरीमा डुबेर मृत्यु भएको हो । नुहाउने क्रममा सोमबार दिउँसो डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पानीमा डुबेर अशक्त भएकी ममतालाई स्थानियबासीले उद्धार गरी उपचारका लागि पोली किल्निक खरचुहिया लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्