यस वर्षको संसारी पूजा स्थगित



नवलपरासी : यस वर्ष थारु समुदायले मनाउने संसारी पूजा स्थगित भएको छ ।

कोरोनाको त्रासका कारण नवलपुर र चितवनका थारु समुदायले धुमधामका साथ मनाउने संसारी पूजा स्थगित गरिएको हो ।

हरेक वर्ष चैत पूर्णिमाका दिन गरिने संसारी पूजा यस वर्ष चैत २६ गते परेको थियो । यो पूजा नवलपरासीको देवचुली डाँडामा रहेको श्रीथान कुमारवर्ती माई थानमा गरिन्छ ।

श्रीथान कुमारवर्ती माई संरक्षण समिति नवलपुरका सचिव पतिराम थनेतले कोरोनाको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको समर्थन गर्दै यस वर्षको पूजा स्थगित गरिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्