कालोबजारीको आरोपमा शंकर ग्रुपका मालिक अग्रवाल पक्राउ



काठमाडौं : शंकर ग्रुपका मालिक पक्राउ परेका छन् । कालोबजारीको आरोपमा शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ परेका हुन् ।

महानरीय प्रहरी अपराध महाशाखाको टोलीले अग्रवाललाई आव (मंगबार) दिउँसो काठमाडौंको नक्सालबाट पक्राउ गरेको हो ।

शंकर ग्रुपले शनिबार मात्रै चीनको ग्वान्झाओबाट सात टन मेडिकल सामग्री ल्याएको थियो । एक निजी लजिस्टिक कम्पनीले मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको विमान चार्टर गरेको थियो ।

प्रहरीका अनुसार उनले ज्वरो नाप्ने थर्मल गन महंगो मूल्यमा बेच्न खोजेका थिए । पाँच हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न खोजेको आरोप छ । उनको साथबाट ६७ थान थर्मल गन बरामद भएको छ ।

अग्रवाल कीर्गिस्तनामा अवैतानिक महावाणिज्य दूत समेत रहेका छन् । उनले कालोबजारी गर्ने क्रममा कूटनीतिक नियोगको गाडी प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ ।उनको साथबाट प्रहरी २०९८ सीसी वान नम्बरको गाडी बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्