गोदावरीमा दुर्घटनामा परि ग



धनगढी : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ वन खेत नजिकै बस र मोटरसाईकल एकआपसमा ठोक्कीदा मोटर साइकलमा सवार २ जना घाइते भएका छन् । क्षेत्रीय ट्राफिक कार्यालय अत्तरीयाका अनुसार वडा नम्बर ६ का २८ वर्षिय हेमन्त साउँद र सोही ठाउँका २६ वर्षिय विक्रम खडका घाईते भएका हुन् ।

 

टीकापुरबाट अत्तरीयातर्फ आउँदै गरेको ना ५ ख ८०४९ र विपरित दिशाबाट गुडिरहेको से ५ प ७५३६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा उनीहरु घाईते भएका प्रहरीले जनाएको छ ।

 

उनीहरुलाई पद्मा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको बरेली रेफर गरिएको छ । बस र बस चालकलाई ईलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिइएाे छ ।

 

प्रतिक्रिया दिनुहोस्