बेलायतले नेपालबाट आफ्नो नागरिक फिर्ता लैजाँदै



काठमाडौं : बेलायतले नेपालबाट आफ्नो नागरिकलाई फिर्ता लैजाने भएको छ ।

यसका लागि बेलायतले आफ्नो मुलुकको टीटान एयरवेजको जहाजबाट नागरिकहरुलाई लैजाने भएको छ ।

यसैबीच बेलायतले नेपालबाट बुधबार पहिलो चार्टर्ड उडानमार्फत आफ्ना नागरिक फिर्ता लैजाने भएको छ भने दोस्रो उडान भने शुक्रबार गर्ने तयारी गरेको छ ।

नेपालमा लकडाउन शुरु भएयता करिब तीन हजार विदेशी नागरिक नेपालबाट स्वदेश फर्कि सकेका छन् भने अझै सयौं पर्यटक नेपालमै छन् ।

काठमाडौं बाहिर रोकिएका पर्यटकलाई सरकारले उद्धार गरेर काठमाडौं ल्याउने काम रोकिएको छ । तर, कुनै दूतावासले आफ्ना नागरिकलाई फिर्ता लैजान चाहेमा भने बोर्डले स्थानीय प्रशासनको समन्वयमा काठमाडौं ल्याउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्