कोरोनाविरुद्धको लडाइँमा सरकारलाई साथ दिने कांग्रेसको निर्णय



काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमण संकटको बेला सँगै लड्न सरकारलाई सहयोग गर्ने भएको छ।

कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग लड्न सरकारले पर्याप्त तयारी गर्न नसकेको भन्दै कांग्रेसले सरकारलाई पूर्ण सहयोग गर्ने निर्णय गरेको हो।

आज सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारीहरूको बैठकले मानवीय भावनाले सरकारलाई सहयोग गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

 प्रेस विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्