कोरोना आशंकित महिला आइसोलेशन वार्डबाट भागेपछि…



जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशनबाट फरार भएकी महिलालाई प्रहरीले धनुषाको सपहीबाट नियन्त्रणमा लिएको छ ।

भारत बिहारको झंझारबाट आएकी सिरहाको नरहा गाउँपालिका ३ की ५५ वर्षिय शैला खातुनलाई कोरोना भाइरसको लक्षण देखिएपछि प्रादेशिक अस्पताल जनकपुरधाममा दुई दिनअघि भर्ना गरिएको थियो ।

आइसोलेशनमा उपचार राखि उपचार भइरहेको ती महिला सोमवार अस्पतालबाट फरार भएकी थिइन् । कोरोना शंकास्पद बिरामी अस्पतालबाट फरार भएको खबर बाहिरिएपछि खोजी शुरु गरेको थियो । प्रहरीले ती महिलालाई सपहीबाट पुन : नियन्त्रणमा लिई अस्पताल पुर्याएको छ ।

भारत विहारको झँझारपुरबाट एक साता अघि आएकी खातुनलाई सर्दी, खाँसी र ज्वरो देखिएपछि छोराले घरमा बस्न दिएनका थिएनन् । त्यसपछि उनी छोरी कहाँ गइन् तर छोरीले पनि घरमा बस्न दिइनन् । त्यसपछि उनी अस्पताल पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्