विश्वभर कोरोनाबाट ७६ हजारभन्दा बढीको मृत्यु, संक्रमित कति?



काठमाडौं : विश्वभर कोरोना भाइरसको संक्रमणबाट ७६ हजार ३४० जनाको मृत्यु भएको छ। हालसम्म यस भाइरस १३ लाख ६२ हजार ११९ जनामा पुष्टि भइसकेको छ। २ लाख ९३ हजार ६६९ भने उपचारपछि स्वस्थ बनेका छन्।

चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमणबाट सबैभन्दा धेरै अमेरिकी नागरिक संक्रमित भएका छन् । अमेरिकामा संक्रमण दर पनि तीव्र रुपमा बढेको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ६७ हजार ७१९ पुगेको छ । जहाँ मृत्यु हुनेको संख्या १० हजार ९४३ रहेको छ ।

त्यस्तै सबैभन्दा धेरै इटालीका नागरिकले ज्यान गुमाएका छन् । इटालीमा १६ हजार ५२३ जनाको मृत्यु भएको छ । त्यसैगरी स्पेनमा १ लाख ४० हजार ५३० संक्रमित रहेका छन् । १३ हजार ७९८ को मृत्यु भएको छ ।

जर्मनमा १ लाख ३ हजार ७१७ जना संक्रमित भएका छन् भने १ हजार ८ सय २२ जनाको मृत्यु भएको छ । चीनमा संक्रमितको संख्या ८१ हजार ७ सय ४० पुगेको छ भने ३ हजार ३ सय ३१ जनाको मृत्यु भएको छ ।

विश्वका १ सय ९० भन्दा बढी मुलुकमा फैलिएको छ। विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको कोरोनाको प्रकोपले हाल विश्वभर त्रास फैल्याएको छ।

हालसम्म कोरोनाको औषधि र खोप परीक्षणकालमै भएकाले संगठनले हात बारम्बार धुन, शारीरिक दुरी कायम गर्न, स्यानिटाइजरको प्रयोग गर्न, सरसफाइमा ध्यान सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्