जब अमिताभले रेखालाई अस्विकार गरे…



बलिउड : अभिनेत्री रेखाको आत्मकथाले बलिउडमा ठुलो चर्चा पायो । धेरै जबाफ नआएका उत्तरहरु रेखाले आफ्नो आत्मकथामार्फत दिने प्रयास गरेकी थिइन् । रेखाले अमिताभ बच्चन र रेखाको सम्बन्धलाई लिएर पनि ठुलो खुलासा गरेकी थिइन् ।

उनले आत्मकथामा अमिताभ बच्चनले आफुसँग फिल्म खेल्न नमानेको पनि उल्लेख गरेकी थिइन् ।

सन् १९७८ मा प्रकाश मेहराको फिल्म ‘मुकदरका सिंकदर’ प्रदर्शन भएको थियो । यो फिल्म भने उनीहरुको अन्तिम फिल्म थियो । उनीहरुको अन्तिम फिल्म ‘सिलसिला’ भने थिएन । त्यस बखत रेखा र अमिताभको सम्बन्धलाई लिएर ठुलो चर्चा भएको थियो । यसै फिल्म पश्चात अमिताभले रेखालाई खुलस्त भनेका थिए,‘अब म तिमीसँग कुनै फिल्म खेल्ने छैन ।’

फिल्म मुक्कदरका सिकनदर हेर्न अमिताभ र जया बच्चन पनि प्रोजेक्सन हलमा आएका थिए । रेखाले जयालाई राम्रोसँग देख्न पाइनन् किनभने उनी पहिलो लाइनमा नै बसेकी थिइन् । अमिताभ त्यसपछिको सिटमा बसेका थिए ।

फिल्ममा जब लव सिन आयो तब जया भक्कानिदै रोएकी थिइन् । यस पश्चात बलिउडमा जोकोही रेखासँग प्रश्न गरिरहेका थिए । अमिताभले निर्माताहरुलाई रेखासँग फिल्म खेल्न नसक्ने बताइ सकेका थिए । जब उनले अमिताभसँग नै प्रश्न गरिन्,‘किन मसँग फिल्म खेल्न नसक्ने ।’

अमिताभले भने,‘मलाई यसबारे केही नसोध । म तिमीसँग फिल्म खेल्न सक्दिन ।’ अब यस आत्मकथाले अमिताभमाथि प्रश्नहरु खडा गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्