कोरोना : फ्रान्समा एकैदिन १ हजार ४१७ जनाको मृत्यु



एजेन्सी : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ४१७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १० हजार ३२८ पुगेको छ ।

एकै ११ हजार ५९ जना संक्रमित भएको भेटिएसँगै कोरोना संक्रमितको संख्या १ लाख ९ हजार ६९ पुगेको छ ।

फ्रान्समा संक्रमितमध्ये १९ हजार ३३७ जना उपचारपछि निको भएका छन् । ७ हजार १३१ जनाको अवस्था गम्भीर रहेको छ भने ७९ हजार ४०४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्