सेयर बजार वैशाख ३ गतेसम्म स्थगित



काठमाडौं : नेपाल स्टक एक्सेचेन्जले धितोपत्र बजारबाट हुने कारोबार वैशाख ३ गतेसम्मका लागि स्थगित गरेको छ ।

सरकारले कोरोनाभाइरस (कोभिड–१९) रोक्नका लागि लकडाउनको समयावधि पुनः बढाएपछि नेप्सेले बजारबाट हुने कारोबार स्थगित गरेको हो ।

हिजो (मङ्गलबार) एक प्रेस विज्ञप्ति जारी गर्दै नेप्सेले सरोकारवाला सबै पक्षको सम्भावित सङ्क्रमण जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्