कोरोनाको उद्गम स्थल वुहान सहरमा हटाइयो लकडाउन



काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९)को उद्गम स्थल चीनको हुबे प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन हटाइएको छ ।

स्मार्टफोनमा हुने व्यापक रुपमा प्रयोगमा आएको स्वास्थ्यसम्बन्धी एएमा ‘हरियो’ कोड देखिएकाहरुले जनवरी २३ तारिखयता पहिलोपटक वुहान सहरबाट अन्यत्र जान पाउने भएका छन् ।

वुहान सहरमा लकडाउन हटाइएसँगै यातायातका सबै साधनहरु पनि सञ्चालनमा आएको छ । हिजो (मंगलबार) चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्यामा शून्य देखिएपछि कोरोनाको प्रकोप शुरु भएको वुहान सहरमा लकडाउन हटाइएको त्यहाँस्थित समाचार एजेन्सीहरुले जनाएको छ ।

१ करोड १० लाख मानिसहरु रहेको वुहार सहरमा कोरोना संक्रमण रोकथामबा लागि अधिकारीहरुले प्रतिबन्धहरु लगाएका थिए । यस्तो प्रतिबन्ध पहिला कहिल्यै लगाइएको थिएन ।

गत महिना वुहान सहरमा कोरोनाका नयाँ संक्रमित एक जना पनि नपाइएपछि किनमेल केन्द्रहरु खोलिएको थियो भने घरबाट दुई घण्ठाका लागि बाहिर जान अनुमति दिइएको थियो ।

यता आज (बुधबार)बाट स्वीकृत पाएका मानिसहरुले सार्वजनिक यातायात प्रयोग गर्न पाउँछन् । तर, त्यसका लागि उनीहरुले क्यूआर कोड स्क्यान गर्न दिनुपर्छ । त्यस्तो कोड प्रत्येक मानिसका लागि फरक हुन्छ र यो उनीहरुको स्वास्थ्य स्थितिसँग सम्बन्धित हुन्छ ।

प्रतिक्रिया दिनुहोस्