११ हप्ताको लकडाउन पछि वुहानमा पहिलो रेल सञ्चालन



एजेन्सी–चीनमा कोरोना भाइरसको ६२ जना नयाँ संक्रमितहरू फेला परेका छन् । एक दिन अघि मात्रै ३२ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।

चीनमा कोरोना भाइरसबाट ८१ हजार ८ सय २ जना संक्रमित भएका छन् भने ३ हजार ३ सय ३३ जनाको मृत्यु भएको छ ।

११ हप्ताको लक डाउनपछि बुधकार वुहानबाट पहिलो रेल सञ्चालन भएको छ । गत वर्षको डिसेम्वरबाट चीनको उहान शहरमा कोरोना भाइरसको सुरुवात भएको थियो । यो सँगै वुहानको नागरिकलाई बाहिर निस्कन पनि अनुमति दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्