चीनले भइरस फैलाएर विश्वमाथि प्रभुत्व जमाउने योजना बनाउदै छः मन्त्री वेन्ट्राउब



एजेन्सी– ब्राजिलका शिक्षा मन्त्री अब्राहम वेन्ट्राउबले चीन कोरोना भइरस फैलाएर विश्वमाथि प्रभुत्व जमाउने योजना बनाइरहेको आरोप लगाएका छन् ।

पछिल्लो घटनाका कारण दुई देशबीचको सम्बन्धलाई तनावपूर्ण भएको उनले बताए । मन्त्री वेन्ट्राउबले भने विश्वव्यापी स्वास्थ्यको क्षेत्रलाई उथलपुथल गर्नु र संकट निमत्याउनुको पछाडि चीनको हात रहेको छ ।

‘भौगोलिक रूपले यो विश्वव्यापी संकटको तथ्य बाहिर आउन सक्छ । उनले ट्वीट गर्दै भनेका छन्– ‘विश्व प्रभुत्वको योजना संग सम्बन्धित काममा ब्राजिलका कसले साथ दिईरहेको छ ?’

उनको ट्वीटले चिनियाँ उच्चारणलाई उपहासको शैलीमा लेखिएकामे छ । ब्राजिल स्थित रहेको चीनको दुतावासले शिक्षा मन्त्रीको यो कुरा बेतुक र घृनित रहेको बताएको छ । चीनियाँ राजदूत यांग वानमिंगले ट्वीट गर्दै भनेका छन यो बेतुकको कुरा अति नस्लबादी रहेकोले ब्राजिल सरकारल पष्टीकरण दिनु पर्ने माग गरेको छ ।

ब्राजिल सहति धेरै देशहरु कोभिड–१९ संग सामना गर्न चीनबाट अधिक चिकित्सा उपकरण स्रोत आउने आशा गर्दै आईरहेको छ ।

वेन्ट्राउबले एक साक्षात्कारमा चीनलाई महामारीको बिरूद्ध लड्न सहयोग गर्न आग्रह गरे । उनले भने– ‘यदी चीनले हामीलाई १ हजार भेन्टिलेटरहरू दियो भने , म दूतावासको अगाडि घुँडा टेकि माफी माग्छु ।’ उनले एक रेडियोलाई प्रतिक्रिया दिए ।

स्वास्थ्य मन्त्री लुइज हेनरिक मन्डेटाले गत हप्ता ब्राजिलले चीनबाट आएका स्रोत भेन्टिलेटर र अन्य महत्वपूर्ण स्वास्थ्य समानहरु बाटोमै रोकिएको छ । उनले केही चीनीया अधिकारीहरुको आदेशले आपुर्ति रद्द गरिएको बताए । चीनमा ब्राजिलबाट भईरहेको ट्वीटलाई शीर्ष मुद्दा बनाइयो ।

ब्राजिल, जसको सबैभन्दा ठूलो व्यापार साझेदार चीन हो ल्याटिन अमेरिकी देश नयाँ कोरोनाभाइरसले सबैभन्दा बढी प्रभावित भएको छ । अहिलेसम्म करीव ५ सय जनाको मृत्यु र ११ हजार भन्दा भन्दा बढी कोरोना संक्रमित छ ।

महामारीको उदय भएदेखि ब्राजिल र चीन सम्बन्ध तनावग्रस्त भएको छ, विशेष गरी राष्ट्रपति जैयर बोल्सनारोको छोरो एडुआर्डो, एक संघीय सांसद द्वारा गरिएको ट्वीटको श्रृंखलाबाट यस्तो तनाब उत्पन्न भएको छ । एड्वार्डो बोलसनोरोले मार्चमा भएको प्रकोपको सामना गर्न चिनियाँ तानाशाहीको आलोचना समेत गरेका छन ।

गत हप्ता, उनले ‘चिनियाँ भाइरस’ को बारेमा ट्वीट गरे, जुन वाक्यांशले बेजिङ्गलाई उक्साउने काम गर्दछ । विश्व स्वास्थ्य संगठनले यसको बिरूद्ध सल्लाह दियो । यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प द्वारा पनि प्रयोग गरीएको हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्