नदीमा हाम फालेकी एक महिलालाई सकुशल उद्धार



पर्वत : आत्महत्या गर्न हाम फालेकी एक महिलालाई पर्वतको जलजला गाउँपालिकाका युवाहरुले सकुसल उद्धार गरेका छन् । सिन्धुपाल्चोक जिल्ला घर भई मजदुरी गर्ने अन्दाजी ३२ वर्षीया देवी थापा नाम गरेकी महिला पर्वतको जलजला गाउँपालिका–३ दोबिल्लाबाट कालिगण्डकी नदीमा हामफालेकी थिइन् ।

मङ्गलबार साँझ करिब ६ बजे पिपलबोट युवा क्लबका सल्लाहकार सन्दीप गुरुङसहितका युवाले महिलाको सकुशल उद्धार गरेको प्रत्यक्षदर्शी स्थानीय टङ्क शर्माले बताए । रासस

प्रतिक्रिया दिनुहोस्