कोरोनाबारे अनुसन्धान गर्दै त्रिविका चार केन्द्रीय विभाग



काठमाडौं : विश्वको २ सय ९ देश र भूभागमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९)का कारण हाल विश्वमा १४ लाद ३१ हजार ७ सय ६ जना संक्रमित भइसकेका छन् भने ८२ हजार ८० जनाले ज्यान गुमाइ सकेका छन् । साथै ३ लखा २१ हजार ५० जना निको भएर घर फर्किसकेका छन् ।

त्यसोत यसबारे नेपाल पनि अच्छुचो रहन सकेको छैन । नेपालमा हालसम्म ९ जनामा कोरोना संक्रमित फेला परिसकेको छ भने १ जना निको भएर घर फर्किसकेका छन् । साथै नेपालमा कोरोना (कोभिड–१९)बाट हालसम्म कसैको मृत्यु भएको छैन भने विश्वको अन्य देशहरुमा भने नेपालीहरुको भने मृत्यु भएको छ ।

यता त्रिभुवन विश्वविद्यालयका चार केन्द्रीय विभागले नेपालमा देखिएको कोरोना (कोभिड–१९)को अनुसन्धान गर्ने भएको छ । त्रिविको माइक्रोबायोलोजी, बायोटक, बायोमेटरियल र फिजिक्स केन्द्रीय विभागले कोरोना भाइरसको अनुसन्धान गर्न लागेका हुन् ।

नेपालमा देखिएको कोरोनाको अध्ययन गर्न चार केन्द्रीय विभागलाई निर्देशन दिइसकेको त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले बताए ।

उपकुलपति बाँस्कोटाले भने–‘नेपालमा देखिएको कोरोना कतिको शक्तिशाली छ, यसका कमजोरी के हो, यसलाई कसरी परास्त गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न निर्देशन दिएका छौं ।’

केन्द्रीय विभागहरूलाई अनुसन्धानका लागि प्रस्तावना मागेको बताउँदै उनले भने, ‘अनुसन्धानका लागि स्रोत हामी (केन्द्र) दिन्छौँ, अहिले तीनवटा प्रदेशमा देखिएको छ, भोलि सबैतिर फैलिएमा सातै प्रदेशमा अनुसन्धान गर्ने गरी प्रस्तावना मागेको छु ।’

अहिलेसम्म तीनवटा प्रदेशमा कोरोनाका नौ जनामा संक्रमण देखिएका कारण त्रिविले सबै केसलाई अनुसन्धान गर्ने र संक्रमण फैलिएमा सबै प्रदेशलाई समेट्ने गरी नमुना छनोट गरी अनुसन्धान गर्न निर्देशन दिएको बाँस्कोटाले बताए ।

उनले भने–‘पहिला कोरोनाको नालीबेली पत्ता लगाउने र अन्य देशको कोरोनाबीच तुलनात्म अध्ययन हुन्छ ।’

नेपालका छिमेकी भारत, चीन तथा पश्चिमा देशमा देखिएका कोरोनासँग तुलना गरी अध्ययन गर्ने त्रिविको योजना छ ।

यसका लागि आवश्यक सामग्री जुटाएर तत्काल अनुसन्धान शुरु गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्