लकडाउन प्रभावकारी नभएपछि आवत–जावत रोक्न पुल नै भत्काइयो



बाजुरा : अछाम जिल्लाको मेल्लेख गाउँपालिका र बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका जोड्ने बुढिगंगा नदीको पुल मेल्लेख गाउँपालिकाले भत्काइएको छ ।

कोरोनाभाइरस (कोभिड–१९) मुलुकमा फैलिन नदिने उद्देश्यले सरकारले लगाएको लकडाउन प्रभावकारी नभएपछि मानिसको आवत–जावत नरोकिएपछि मेल्लेख गाउँपालिकाले सीमा जोड्ने पुल नै भत्काइ दिएको हो ।

लकडाउन प्रभाकारी बनाउन सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला, एक स्थानीय तहबाट अर्को स्थानीय तह जना रोक लगाएको छ । तर ग्रामीण भेगमा यसको कुनै असर परेको छैन ।

बाजुरा अछाममा भारतबाट आएका धेरै मानिस गाउँमा खुलेयाम घुमिरहेका छन् । भारतबाट आएका सुदूरपश्चिमकै दुई जनामा कोरोना पोजेटिभ देखिएको छ । अहिलेसम्म सुदूरपश्चिममा ४ जनामा कोरोना संक्रमण देखिसकेको छ । उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशमा गत शनिबार एकै दिन तीनजनामा कोरोना पोजेटिभ देखिएपछि ग्रामिणस्तरमा त्रास फैलिरको छ । त्योसँगै सुदूरपश्चिम प्रदेश सरकारले ’लकडाउन’ मा थप कडाई गरेको छ ।

प्रतिक्रिया दिनुहोस्