विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८२ हजार नाघ्यो



काठमाडौं : विश्वभर कोरोना भाइरसका कारण अहिलेसम्म ८२ हजार १४८ जनाको ज्यान गईसकेको छ। यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या विश्वभरमा १४ लाख ३४ हजार ३५६ पुगेको छ ।

त्यस्तै कोरोनाको उपचार पछि निको भएकाको संख्या ३ लाख २ हजार ४५६ रहेको छ । कोरोना भाइरसको महामारीबाट विश्वकै अति प्रभावित देशको पहिलो नम्बरमा इटाली रहेको छ । इटालीमा अहिले सम्म १७ हजार १२७ जनाको ज्यान गईसकेको छ भने संक्रमितको संख्या १ लाख ३५ हजार ५८६ रहेको छ ।

अहिलेसम्म कोरोना भाइरस विश्वका २०९ देशहरुमा फैलिइसकेको छ । त्यस्तै स्पेनमा अहिलेसम्म कोरोनाको महामारीबाट १४ हजार ४५ जनाको मृत्यु भएको छ भने भाइरसबाट १ लाख ४१ हजार ९४२ जना संक्रमित भएका छन् ।

त्यस्तै अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या ४ लाख ५४६ जनामा कोरोनाको संक्रकण देखिएको छ । मृतकको संख्या १२ हजार ८५७ पुगेको छ ।

त्यस्तै फ्रान्समा अहिलेसम्म १० हजार ३२८ जनाले भाइरसका कारण ज्यान गुमाएका छन् भने १ लाख ९ हजार ६९ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

चीनमा मृतकको संख्या अहिलेसम्म ३ हजार ३ सय ३३ पुगेको छ । त्यस्तै ब्रिटेनमा कोरोना भाइरसका कारण ६ हजार १ सय ५९ जनाको ज्यान गएको छ भने ५५ हजार २४२ जनामा कोरोनाको संक्रमण पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्