कालोबजारीमा मुछिएका अग्रवाललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति



काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले जगदम्बाका सुलभ अग्रवाललाई सात दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

महानगरीय अपराध महाशाखाको विशेष टोलीले अग्रवाललाई हिजो ज्वरो नाप्ने यन्त्र थर्मल गनको कालोबजारी आरोपमा पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाले कालोबजारीको आरोपमा पक्राउ परेका अग्रवाललाई अनुसन्धान गर्नुपर्ने भन्दै म्याद थपका लागि जिल्ला प्रशासनमा पेश गरेको थियो ।

प्रहरीले उनको अनुसन्धानका लागि ७ दिनको समय दिएको हो। उनलाई नक्साल बालमन्दिरबाट ६७ गोटा थर्मल गन सहित पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्