वायुसेवा सञ्चालक संघले पाइलट र इञ्जिनियरको तलबमा भारी कटौती गर्ने



काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९)का कारण उड्डयन क्षेत्र नै संकटमा परेपछि वायुसेवा प्रदायक कम्पनीको छाता संगठन नेपाल वायु सेवा सञ्चालक संघले पाइलट, इञ्जिनियर र कर्मचारीको तलबमा भारी कटौती गर्ने निर्णय गरेको छ ।

संघको बैठकले तलब कटौतीको निर्णय गरेको हो । तर, यो निर्णय बाध्यकारी नभएको संघको जिकिर छ ।

कम्पनीको वित्तय अवस्था हेरेर तलब कटौतीको निर्णय गर्न सक्ने संघका अध्यक्ष रामेश्वर थापाले बताए । यो निर्णयले सबैभन्दा बढी पाइलट र इञ्जिनियर प्रभावित हुने भएका छन् ।
अध्यक्ष थापाका अनुसार पाइलटको मासिक तलब एक लाख रुपैयाँ र इञ्जिनियर तलब ७५ हजार कायम गर्न सकिने छ ।

उनका अनुसार हेलिकप्टरमा कार्यरत पाइलटको तलब १ लखा २५ हजार रुपैयाँदेखि १ लाख ७५ हजार रुपैयाँसम्म कायम गर्न पाइने छ । हेलिकप्टरका कार्यरत इञ्जिनियरको मासिक तलब ७५ हजार कायम गर्न कम्पनीले पाउने छन् ।

कोरोना अघि विभिन्न वायु सेवा कम्पनीले पाइलटलाई मासिक ५ लाख रुपैयाँभन्दा बढी तलब दिने गरेका थिए भने इञ्जिनियरको तलब डेढ लाखभन्दा माथि थियो ।

प्रतिक्रिया दिनुहोस्