काली गण्डकी नदिमा पौडी खेल्ने क्रममा एक जना वेपत्ता



नवलपुर : नवलपुरको बुलिङटार गाउपालिकाको काली गण्डकी नदीमा पौडी खेल्ने क्रममा एक जना वेपत्ता भएका छन् ।

मंगलबार साँझ ५ बजेतिर पौडी खेल्ने क्रममा बौद्दीकाली गाउँपालिका १ मिथुकरमका १८ वर्षिय हिमाल चितौरे सार्की वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

उनको खोजी कार्य जारी रहेको छ । यस अघि डुंगा दुर्घटना हुँदा काली गण्डकी नदीमा एक जना बालिका वेपत्ता भएकी थिइन् । उनको शव दुई दिन पछि फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्