अहिलेसम्म नेपालमा २३६६ जनाको कोरोना परीक्षण



काठमाडौं : नेपालमा अहिलेसम्म २ हजार ३ सय ६६ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ। उपत्याकाभित्र १९६५ जनाको र उपत्यका बाहिर ४ सय १ जनाको कोरोना भाइरसको परीक्षण गरिएको हो।

परीक्षण गरिएका मध्ये नेपालमा हालसम्म ९ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये १ जना निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए ।

अस्पतालमा उपचाररत ८ जनाको अवस्था पनि सामान्य रहेको डा देवकोटाले जानकारी दिए।
देशभर ८ हजार ५ सय ८० क्वारेन्टाइनमा रहेका छन्। विदेशबाट फर्किएर र संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरु हाल क्वारेन्टाइनमा रहेका छन्।

कोरोना भाइरसको लक्षण देखिएका १ सय ३४ जना आइसोलेसनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्