अब पूरै भरिएको ग्यास किन्न पाइने, आइतबारदेखि बिक्री वितरण सुरु हुने



काठमाडौं : अब पूरै भरिएको ग्यास किन्न पाइने भएको छ । केही सातादेखि आधा विक्री वितरण हुँदै आएको खाना पकाउने ग्यास आइतबारदेखि पूरै भरी किन्न पाइने भएको हो ।

नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको जानकारी दिएको हो ।

बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले पूरै भरिएको १४.२ किलोको सिलिण्डर ग्यास बिक्री विरतण खुला गर्ने निर्णय गरेको हो ।

एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेका अनुसार निगमले सबै ग्यास उद्योगहरुलाई बिहीबारदेखि नै भरी सिलिण्डर ग्यास भर्न निर्देशन दिएको छ ।

बजारमा भएका आधा सिलिण्डर बिक्री सकिएपछि आइतबारबाट मात्रै भरी सिलिण्डर ग्यास बिक्री हुने घिमिरेले बताए ।

बजारमा खाना पकाउने ग्यासको माग उच्च भएपछि निगमले चैत १२ गते बेलुकी आधा सिलिण्डर ग्यास बिक्री वितरण गर्ने निर्णय गरेको थियो । चैत १६ गतेदेखि मुलुकभर आधा सिलिण्डर ग्यास बिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्