कुवेतमा थप एक नेपालीमा कोरोना संक्रमण



काठमाडौं : कुवेतमा थप एक नेपाली कोरोनाभाइरस (कोभिड–१९)बाट संक्रमित भएका छन् ।

कुवेतको स्वास्थ्य मन्त्रालयले थप एक नेपाली कामदार कोरोना संक्रमित भएको जनाएको हो । कुवेतमा संक्रमित नेपालीको संख्या ३ पुगेको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालयले बुधबार एक नेपालीसहित १ सय १२ जना नयाँ संक्रमितबारे जानकारी दिइएको थियो ।

कुवेतमा संक्रमितको संख्यामा ८ सय ५५ पुगेको छ भने ११ जनालाई निको भएको छ ।

कुवेतस्थित नेपाली दूतावासले कोरोनाबाट बञ्चको लागि उच्च सर्तकता अपनाउन नेपाली समुदायलाई आग्रह गरेको छ ।

कुवेतमा झण्डै ७० हजार नेपाली कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्