‘भारतीय क्वारेन्टाइनमा राखिएका नेपालीहरु खुसी छन्’-सांसद यादव



वीरगन्ज : कोराना (कोभिड-१९) भाइरसको संक्रमण रोक्न नेपाल सरकारले लागु गरेको लकडाउनका कारण सिमापारी भारतमा रोकिएका नेपालीहरुको अवस्था बुझ्न बुधबार पर्सा क्षेत्र नं.१ का सांसद प्रदीप यादव त्यहाँ पुगेका छन् ।

उता भारतमा पनि लकडाउन रहेकोले सिमामा आवतजावत पुर्ण रुपमा अवरुद्ध भएपछि मानिसहरु आउन वा जान पाएका छैनन् । दुबैतर्फ लकडाउनभएपछि नेपालबाट भारतीय भुमीमा रहेका नागरिकलाई गएर भेटेका एक मात्र उनी जनप्रतिनि हुन् ।

रक्सोलस्थित हजारी मल उच्च माध्यमिक बिद्यालयमा त्यहाँको स्थानीय प्रसाशनले क्वारेन्टाइन स्थापना गरेको छ । त्यहाँ २५ जनालाई राखिएकोमा १५ जना नेपाली नागरिक हुन । उनीहरुलाई त्यहाँ बस्ने, खाने, नियमित स्वास्थ्य जाँचलगायतको सुबिधा उपलब्ध गराइएको छ ।

क्वारेन्टाइनमा बसेकाहरुलाई प्रत्येक जनालाई एउटा खाट, त्यसमा बिछ्यौना, ओढ्ने र झुलको ब्यवस्था गरेको देखियो । बिहान बेलुको खानाको प्रबन्धसमेत रहेको उनीहरुले जानकारी दिए । त्यसतै त्यहाँस्थित सरकारी अस्पताका डाक्टर शरदचन्द शर्माको नेतृत्वमा मेडिकल टिमसमेत खटाइएको छ ।
रुकुम आठजितकोठ गाउँपालिका घर भएका प्रजित नेपाली मार्च ३१ का दिन रक्सोल सिमामा आइपुगेका थिए । उनीसँग अरु १३ जना रहेका छन् । अर्को एक जना पटनास्थित होटेलमा काम गर्ने २ युवाहरु पनि त्यहाँ आइपुगेका छन् । भारतीय प्रसाशनले नै यातायातको ब्यवस्था गरी सिमामा उनीहरुलाई ल्याएर पुर्याई दिएको थियो ।

त्यसपछि उनीहरु क्वारान्टाइनमा बसिरहेका छन् । उनले त्यहाँ रहेका नेपालीहरुसँग भलाकुसारी गरेका थिए । सांसद यादवले उनीहरु सकुशल रहेको जानकारी घर परिवारससम्म पुयाई दिने बताएपछि क्वारेन्टाइनमा रहेका नेपाली खुसी भए । सम्पर्क नं. लगाएत विवरण उनीहरुले नेपाली सांसदलाई दिन पाउँदा हर्षित देखिए ।

‘नेपाल सरकारलाई र हामी सबैलाई भारतमा बसेका नेपालीहरुको चिन्ता छ, अहिले विशेष परिस्थिती भएको हुनाले जो जहाँ छ त्यही सुरक्षित रुपमा बस्न बाध्यता छ,’ सांसद यादवले भने, ‘समान्य अवस्था हुने बितिकै तपाईहरु आ-आफ्नो ठाउँमा जान पाउनु हुनेछ ।’ उनीहरुले यहाँ बसाई सुबिधापुर्ण रहेको र कुनै असहजता नभएको प्रतिक्रिया दिए । सांसद यादवले क्वारेन्टाइनमा रहेकाहरुलाई आफ्नोतर्फबाट सेनिटाइजर, मास्क, फलफुल, चिउरा, बिस्कुट, बिकाजी भुजिया, जुस र खानेपानी लगायत सामग्री आफ्नोतर्फबाट दिएका थिए ।

उक्त अवसरमा एसएसबिका कमान्डेन्ट राजकुमार कुमावत, प्रखण्ड बिकास पदाधिकारी कुमार प्रशान्त, रक्सोल नगर कार्यपालिकाका अधिकृत गौतम आनन्द, भुमी उपसम्हारता मनिस कुमार लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्