इटलीमा संक्रमित र मृतकको संख्या घट्यो



एजेन्सी : युुरोपेली देश इटलीमा कोरोना भाइरसबाट संक्रमण तथा मृत्यु हुनेको संख्या घट्दै गएको छ ।

अमेरिकाको जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार आइतबारदेखि संक्रमित र मृतकको संख्या घटेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ ५ सय ४२ जनाको मृत्यु भएको छ भने ३ हजार ८ सय बढी संक्रमित भएका छन् ।

अहिलेसम्म इटलीमा कोरोनाबाट १७ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ भने १ लाख ३९ हजार संक्रमित रहेको जनाइएको छ । यस्तै, २६ हजार निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्