कोरोना : स्पेनमा एकैदिन ७४७ जनाको मृत्यु



एजेन्सी : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ७४७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १४ हजार ७९२ पुगेको छ ।

स्पेनमा एकैदिन ६ हजार २७८ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ४८ हजार २२० पुगेको छ ।

स्पेनमा संक्रमितमध्ये ४८ हजार २१ जना उपचारपछि निको भएका छन् । ७ हजार ६९ जनाको अवस्था गम्भीर रहेको छ भने ८५ हजार ४०७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म ८८ हजार ४०३ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १५ लाख १३ हजार २४५ भन्दा बढी छ ।

प्रतिक्रिया दिनुहोस्