डब्ल्यूएचओले चीनको गल्तिमा साथ दियो : ट्रम्प



एजेन्सी : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार विश्व स्वास्थ्य संगठनको कडा आलोचना गरेका छन् । उनले चीनसँग मिलेर डब्ल्यूएचओले गलत सन्देश प्रवाह गरेको आरोप लगाए ।

ट्रम्पले ट्वीटर पोस्टमा लेखेका छन्–‘केहि कारणले गर्दा अमेरिकाले ठूलो रकम प्राप्त गरे पनि धेरै चीन केन्द्रीत हामी त्यसलाई राम्रो रूप दिनेछौं । भाग्यवस मैले डब्ल्यूएचओे सल्लाहलाई नमानिकन चीनभन्दा पहिला हाम्रो सिमालाई खुला राख्नको लागि अस्वीकार गरें । किन उनीहरूले हामीलाई त्यस्तो गल्ती सूचना दियो ?’

डब्ल्यूएचओले टिप्पणीको हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

३१ जनवरीमा संयुक्त राष्ट्रको स्वास्थ्य संगठनले यसको प्रकोपको बाबजुद देशहरूलाई सीमा खुला राख्न सल्लाह दियो । यद्यपि यसमा उल्लेख छ कि आफ्ना नागरिकहरूको सुरक्षाका लागि कदम चाल्ने देशहरूसँग अधिकार छ । त्यो दिन ट्रम्पको प्रशासनले चीनबाट आउन प्रतिबन्ध भएको घोषना गरियो ।

अमेरिकी रूढीवादीहरूले विश्वव्यापी महामारीको क्रममा डब्ल्यूएचओको बढ्दो आलोचना गरेका छन् । डब्ल्यूएचओ कारोनाभाइरस प्रकोपको बारेमा चीनबाट आएको दोषपूर्ण तथ्यांकमा निर्भर रहेको बताएका छन् ।

गत हप्ता रिपब्लिकन सेनेटर मार्को रुबियोले डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेबेरियससको राजीनामा माग गरेको थियो । उनले चीनलाई विश्व समुदायलाई भ्रमित पार्न डब्ल्यूएचओ प्रयोग गर्ने अनुमति दिएको कारण उनको राजीनामा माग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्