ट्रम्पले गरे मोदीको तारिफ



काठमाडौं : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफ गरेका छन् ।

ट्रम्पले ट्वीट गर्दै भारतीय प्रधानमन्त्री मोदीको तारिफ गरेका हुन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘असाधारण समयमा मित्रहरु बीच घनिष्ठ सहयोग आवश्यक छ । हाइड्रोक्सीक्लोरोक्विनबारे लिइएको निर्णयका लागि भारत र भारतीय जनतालाई धन्यवाद । यो कहिल्यै बिर्सने छैन ! प्रधानमन्त्री नरेन्द्र मोदी, यो लडाईंमा भारतलाई मात्रै नभई मानवतालाई पनि सहयोग गर्न चाल्नुभएको तपाईंको यो उत्कृष्ट नेतृत्वका लागि धन्यवाद ।’

प्रतिक्रिया दिनुहोस्