कोरोनाका कारण इटालियन ओलम्पिक धावकको मृत्यु



काठमाडौं : कोरोनाका कारण इटलीका धावक डोनाटो साबियाको मृत्यु भएको छ । दुई पटक ओलम्पिक दौडमा प्रतिस्पर्धा गरेका साबियाको बुधबार निधन भएको हो ।

इटालियन ओलम्पिक कमिटी (सिओएनआई) ले ५६ वर्षीय साबियाको मृत्यु भएको पुष्टि गरेको छ । सिएएनआईले जारी गरेको स्टेटमेन्ट अनुसार साबियाले दुई पटक ओलम्पिकमा ८०० मिटर दौडेका थिए ।

केही दिन देखि साबिया इटलीको दक्षिण क्षेत्रको पोटेनजास्थित सान कार्लो हस्पिटल आईसियूमा उपचाररत थिए । उनी कोरोनाबाट ज्यान गुमाउने पहिलो ओलम्पिक फाईनलिस्ट भएको समेत बताएको छ ।

प्रतिक्रिया दिनुहोस्