असई बस्याल सर्वोत्कृष्ट अनुसन्धानकर्ता



काठमाडौं : प्रहरी दिवसका अवसरमा केही प्रहरी कर्मचारीलाई विभिन्न विधामा सम्मान गरिएको छ।  वर्षको ‘सर्वोत्कृष्ट प्रहरी अनुसन्धानकर्ता पुरस्कार’ बाट प्रहरी सहायक निरीक्षक कमल बस्याल पुरस्कृत भएका छन्। बिहीबार सहायक निरीक्षक बस्या नेपाल प्रहरीका प्रमुख (आईजीपी) सर्वेन्द्र खनालबाट सम्मानित भएका हुन्। 

 

४ नम्बर प्रदेश प्रहरी कार्यालयको विपद व्यवस्थापन कार्यलय बाग्लुङमा कार्यरत बस्यालले राम्रो अनुसन्धान गरेको प्रहरी मुख्यालयले जनाएको छ। 

 

यसवर्षको पुलिस ब्याटन ‘प्रथम’ जिल्ला प्रहरी कार्यालय झापाका एसपी विष्णुकुमार केसी, दोश्रो जिल्ला प्रहरी कार्यालय म्याग्दीका डीएसपी वीरबहादुर बुढा मगर र तेश्रो जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विनोद घिमिरेलाई प्रदान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्