चर्चित हास्य कलाकार माग्ने बुढाको जन्मदिन आज, कति वर्ष पुगे ?



काठमाडौं : आज (शुक्रबार) चर्चित हास्य कलाकार केदार घिमिरे उर्फ माग्ने बुढाको ४६ औँ जन्मदिन परेको छ । उनी विस २०३२ साल चैत २८ गते मकवानपुरमा जन्मेका हुन् । आज उनको जन्मदिनको अवसरमा विहानैदेखि सामाजिक सञ्जालहरुमा शुभकामना दिनेहरुको आइरो लागेको छ ।

२०५८ सालदेखि हास्य टेलिसिरियलबाट हास्य कलाकारिता सुरु गरेका माग्ने, पछिल्लो समय निकै चर्चामा छन् । हालसम्म हिजो आजका कुरा,गीताञ्जली, तितो सत्य , लोकलहरी’, जिरे खुर्सानी, मेरी बाँस्सै लगायतका दर्जनौँ हास्य टेलिसिरियलमा अभिनय गरिसकेका छन् ।

त्यस्तै दिनेश डिसी निर्देशित चलचित्र ’६ एकान ६’ बाट चलचित्र क्षेत्रमा डेव्यू गरेका माग्नेले ’छक्का पञ्ज’, ’राम काहनी’, ’छ माया छपक्कै’ लगायतका हिट चलचित्रहरुमा समेत अभिनय गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्