‘वैशाख ३ पछि सीमित मात्रामा ठाउँ हेरी आउजाउ खोल्न सकिन्छ’-मुख्यमन्त्री पोखरेल



दाङ : प्रदेश नं.५ का मुख्यमन्त्री शंकर पोखरेलले वैशाख ३ सम्म धैर्य हुन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

शुक्रबार सामाजिक संजाल फेसबुकमार्फत उनले वैशाख ३ गतेपछि सीमित मात्रामा ठाउँ हेरेर आवातजावात खोल्ने सकिने उल्लेख गरे । उनले लेखेका छन्,‘३ गतेसम्म जो जहाँ छौं, त्यहीँ बसौं, समस्या भए वडा कार्यालयमा खबर गरौं, ३ गतेपछि सीमित मात्रामा ठाउँ हेरी आउजाउ खोल्न सकिन्छ ।’

यसअघि बिहीबार सरकारले गठन गरेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठकले शुक्रबार र शनिबार २ दिन काठमाडौंमा अलपत्र परेकालाई उद्धार गरी उनीहरूको गृह जिल्ला पुर्याउने निर्णय गरेको थियो । पछि स्थानीय सरकारले नै असहमति जनाउँदा तत्काल त्यो निर्णय फिर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्